Saturday, April 16, 2016

नामिबियाद्वारा १९६ को लक्ष्य प्रस्तुत

कीर्तिपुर, ४ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत जारी खेलमा नामिबियाले नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १९५ रन बनउन सफल भयो ।

नेपालका लागि वसन्त रेग्मीले ३, सोमपाल कामीले २, कप्तान पारस खड्का र सन्दिप लामिछानेले १÷१ विकेट लिए ।

नामिबियाको ब्याटिङतर्फ फारेल बर्गरले सर्वाधिक ३८ रन बनाए । केही बेरपछि नेपालको ब्याटिङ हुँदैछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts