Sunday, April 17, 2016

नामिबियासँग भोलि फेरि नेपालले खेल्ने

काठमाडौँ, ५ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाविरुद्वको दोस्रो खेलमा उच्च मनोबलका साथ सोमबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

उक्त प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्वको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सपना जीवितै छ ।

यदि सोमबारको खेलमा नेपालले नामिबियालाई पराजित गर्न सकेमा नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुबै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो । नेपालले शनिबारको जितसँगै जारी प्रतियोगितामा दुई अङ्क जोडेको छ । त्यस्तै नामिबियाको पनि एक जितका साथ समान दुई अङ्क नै छ ।

एक दिवसीय खेलमा भने नेपाल र नामिबिया यसअघि दुई पटक भिड्ेका छन् । गत वर्ष नामिबियामै भएको आइसिसी विश्व लिग क्रिकेट ‘डिभिजन–टु ’मा नेपालले घरेलु टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको थियो भने सन् २००१ मा क्यानडामा भएको आइसिसी ट्रफीको समूह चरणको खेलमा नेपाल पराजित भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts