Sunday, April 17, 2016

काङ्ग्रेसलाई सरकारमा आउन खनालको आग्रह

इलाम, ५ वैशाख । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि काँङ्ग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । इलाम क्षेत्र नं १ अन्तर्गत फिक्कलमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता खनालले वर्तमान सरकारमा काँङ्ग्रेस पनि सहभागी बन्नुपर्नेमा जोड दिनुभयो ।
देशमा लामो सङ्घर्ष र त्यागपछि संविधान जारी भएकाले यो संविधानलाई कार्यान्वयनमा ल्याउन प्रमुख दलहरूको एकता आवश्यक रहेको औंँल्याउनुभयो । ‘नेपाली जनताको अथक सङ्घर्षबाट संविधान जारी भएको छ, अब यसलाई कार्यान्वयन गर्न पनि सबै दल एक ठाउँमा उभिन जरूरी छ, नेता खनालले भन्नुभयो
इलामको विकासका साथै समग्र देश विकासको लागि आर्थिक क्रान्ति सुरू भइसकेको उल्लेख गर्दै सुदूरपूर्व इलामबाट देश विकासको अभियान थाल्नुपर्ने उहाँको भनाइ छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा सांसद विकास कोष र निर्वाचन क्षेत्रबाट सञ्चालन गरिएका विभिन्न विकास निर्माणका पूर्वाधारको नेता खनालले अनुगमन समेत गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts