Wednesday, April 13, 2016

नयाँ शक्तिशाली भूकम्पको धक्का महशुस

काठमाडौँ, १ वैशाख । म्यान्मार र भारतको सीमानजिक आज साँझ गएको शक्तिशाली भूकम्पको धक्का नेपालमा पनि महसुश गरिएको छ ।

त्यस क्षेत्रमा साँझ ७ बजेर ४० मिनेटमा भएको भूकम्प ७ रिक्टर स्केलको भएको र त्यसको धक्का नेपालमा पनि महसुश गरिएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

पूर्वाञ्चलमा धक्का बढी महसुश

नेपालको पूर्वाञ्चल क्षेत्रमा सो भूकम्पको धक्का राजधानीको तुलनामा बढी महसुश गरिएको थियो ।

धक्का महसुश भएपछि विराटनगरमा मानिसहरु घरबाट बाहिर निस्केका थिए । भूकम्पको झट्काबाट भएको
क्षतिको जानकारी अहिलेसम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय मोरङ्ले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts