पोखरा, २८ चैत । पूर्वपत्नीलाई जबरजस्ती करणी गर्ने म्याग्दी जिल्लाको पाखापानी–२ बस्ने वर्ष ३३ को टङ्क पाइजालाई प्रहरीले आज पोखरा ४ बाट पक्राउ गरेको छ ।
निजले पोखरा उपमहानगरपालिका–४ मा बस्दै आएकी आफ्नी पूर्वपत्नीलाई फेला पारी हिजो साँझ जबरजस्ती आफ्नो मोटरसाइकलमा राखी पोखराकै नदीपुरमा लगी यातना दिएर जबरजस्ती करणी गरेका थिए । घटनापछि राति पीडितलाई दीपको केआई सिंह पुलमा लगी फाली मारिदिन्छु भनी फिर्के पुल पु¥याएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फिर्केपुलमा पु¥याएपछि पीडित महिला त्यहाँबाट भाग्न सफल भई आज प्रहरीमा उजुरी गरेपछि प्रहरीले निजलाई पक्राउ गरेको जनाएको छ । रासस
No comments:
Post a Comment