Wednesday, April 27, 2016

सरकारलाई सङ्घीय गठबन्धनको ज्ञापन

काठमाडौँ, १५ वैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले विगतको राज्य पुनःसंरचना उच्चस्तरीय आयोगको प्रतिवेदन अनुरुप तराईमा दुई प्रदेश बनाइनुपर्ने माग गर्दै आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौँसहित ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत २६बुँदे मागसहितको ज्ञापन प्रधानमन्त्रीलाई बुझाएको गठबन्धनको एक घटक सद्भावना पार्टीका महासचिव मनिस सुमनले राससलाई जानकारी दिनुभयो ।

ज्ञापनपत्रमा पहिचान र सामथ्र्यका आधारमा लिम्बुवान, ताम्सालिङ, किराँत, मगरात, शेर्पा, नेवालगायत १० प्रदेश बनाउन माग गरिएको छ । गठबन्धनका विभिन्न तहका नेताको टोलीले दिउँसो काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीलाई ज्ञापन बुझाएका थिए ।

गठबन्धनले विगतदेखि नै उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम अघि बढाउने जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts