Tuesday, April 5, 2016

तीन निजी विद्यालय समायोजनपछि बन्यो एसएबी पब्लिक

काठमाडौँ, २३ चैत । नेपालको शैक्षिक इतिहासमा लामो अवधि पूरा गरेका तीन निजी विद्यालय एकापसमा समायोजन भएका छन् ।

तीन निजी विद्यालय सूर्योदय आवासीय मावि, आनन्दभूमि हाइस्कुल र ब्ल्यू स्काई पब्लिक स्कुलको समायोजनमा सूर्योदय एजुकेसन फाउन्डेसनअन्तर्गत रहने गरी एसएबी पब्लिक स्कुल बनेको छ ।

सूर्योदय ३१ वर्ष, आनन्दभूमि २९ वर्ष र ब्ल्यू स्काई १९ वर्षदेखि सञ्चालन हुँदै आएका राजधानीका प्रतिष्ठित विद्यालय मानिन्छन् ।

विद्यालयका निर्देशक भोजबहादुर शाहले विद्यालयको दिगो विकास एवम् स्तरोन्नतिका लागि समायोजन प्रक्रियाले ठूलो मद्दत गर्ने भन्दै सरकारले जबर्जस्ती विद्यालय ‘मर्जिङ’ गर्नुभन्दा समायोजनमा जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल अमेरिकी नागरिक मार्क विबर्सले वर्तमान युग सुहाउँदो व्यावहारिक र डिजिटल विधिमा आधारित रहेर यहाँका विद्यार्थीलाई अध्यापन गराइने जानकारी दिनुभयो ।

तीन विद्यालयका कुल एक हजार विद्यार्थीलाई अहिले सूर्योदयको भवनबाट प्राइमरी ब्लक र आनन्दभूमिको भवनबाट सेकेन्डरी ब्लक सञ्चालन गरिनेछ ।

आउँदो वैशाखबाट भवन निर्माण प्रक्रिया अघि बढाइएसँगै सूर्योदय विद्यालय रहेको स्थानमा नै एसएबी विद्यालय सञ्चालन हुनेछ ।

विद्यालयमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला, इ–लाइब्रेरी, डिजिटल कक्षाकोठाका अतिरिक्त खेलकुद, सङ्गीत, नृत्य, अभिनय कला, नेतृत्व विकास प्रशिक्षण, स्काउट, योगाजस्ता कक्षासमेत सञ्चालन गरिने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts