Tuesday, April 5, 2016

परीक्षार्थीमा अज्ञात रोगको सङ्क्रमण

वीरगन्ज, २३ चैत । जिल्लाको विजयवस्तीस्थित प्रवेशिका परीक्षा केन्द्रमा पाँच दिनयता अज्ञात रोगको सङ्क्रमण फैलिँदा परीक्षा दिइरहेका छात्रा परीक्षार्थी बिरामी भएका छन् ।

पर्साको निर्मलवस्ती गाविसमा रहेको नेपाल राष्ट्रिय उच्चमाध्यमिक विद्यालय विजयवस्ती परीक्षा केन्द्रमा फैलिएको प्रकोपले झन्डै १० भन्दा बढी छात्रा बिरामी परेका हुन् । सो केन्द्रमा छात्रा परीक्षार्थीमा एक्कासि पेट दुख्ने, टाउको दुख्ने र बेहोस हुनेजस्ता समस्या देखिएको पर्साका जिल्ला शिक्षा अधिकारी रामविनय सिंहले बताउनुभयो ।

परीक्षा सुरु भएकै दिन चैत १८ गते दुई, १९ गते तीन, २१ गते ६, २२ गते आठ र २३ गते ६ जना छात्रामा यस्ता समस्या देखिएको शिक्षा अधिकारी सिंहले बताउनुभयो । यस्ता समस्याबाट पीडित छात्रालाई सुरुमा खुल्ला ठाउँमा राखिने र पानी छर्किने तथा केही राहत भएपछि पुनः परीक्षा दिन लगाउने कार्य गरिएको र पछि स्थानीय स्वास्थ्यकर्मीबाट उनीहरुलाई उपचार सेवा उपलब्ध गराइएको छ ।

सो परीक्षा केन्द्रका निरीक्षक नारायण लामाले भन्नुभयो, “स्थानीय स्वास्थ्यकर्मीबाट समान्य उपचार भएको छ, रोग निको नभएपछि थप उपचारका लागि सदरमुकाम वीरगन्जबाट चिकित्सक माग गरेका छौँ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts