Wednesday, April 27, 2016

जहरसिंहपौवा सामुदायिक वनमा आगलागी

काठमाडौँ, १५ वैशाख । काठमाडौँको उत्तरपूर्वी शङ्करापुर नगरपालिका–५ स्थित जहरसिंहपौवा सामुदायिक वनमा आज अपराह्न आगलागी भएको छ ।

आगलागीका कारण सिन्धुपाल्चोकबाट काठमाडौँ आउने सवारी साधन जहरसिंहपौवा र काठमाडाँैबाट सिन्धुपाल्चोक हिँडेका सवारी साधन शङ्करापुर नगरपालिका–४ मा करिब चार घन्टा रोकिएका थिए ।

काठमाडौँबाट गएको वारुणयन्त्र, इलाका प्रहरी कार्यालय साँखुबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । सामुदायिक वनमा आगलागी भएपछि जङ्गल माथि रहेको बस्ती खाली गराइएको थियो । आगलागी नियन्त्रणपछि सो सडक भएर चल्ने सवारी साधन निर्वाध रुपमा चल्न थालेको इप्रका साँखुले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts