Thursday, April 14, 2016

स्रोत र सम्पदाको संरक्षणमा जोड

वीरगन्ज, २ वैशाख । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले प्राकृतिक स्रोत र सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।

सानवेभ मिडिया प्रालिद्वारा आज आयोजित ‘बारा बृहत् महोत्सव’को सिमरामा उद्घाटन गर्दै उहाँले सरकारको एक्लो प्रयासबाट मात्र स्रोतसम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्न नसकिने भएकाले स्थानीयवासीले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले तराईमा अनियन्त्रित रुपमा बढेको बसाइँ सराइका कारण चुरे क्षेत्रको वन फँडानी तीव्र रुपमा भइरहेको उल्लेख गर्दै यसलाई कडाइका साथ रोक्नका लागि सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन सुझाव दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts