Thursday, April 14, 2016

आगलागीबाट सात घरगोठ नष्ट

त्ुालसीपुर (दाङ), २ वैशाख । राजपुर गाविस–४ सिमलखुट्टीमा आज भएको आगलागीमा सात घरगोठ जलेर नष्ट भएका छन् ।

स्थानीयवासी मीना भण्डारीका अनुसार काजोल सामुदायिक वन उपभोक्ता समूहमा लागेको डढेलो दिउँसो बस्तीमा पसेपछि ती घर जलेका हुन् ।

आगलागीबाट नीरज घर्ती, ओबिराम घर्ती, आसबहादुर घर्ती, राममाया घर्ती लगायतका घरगोठ जलेर नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी सुरु भएलगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाउन सुरु गरे पनि हावाहुरीका कारण अअझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको बताइएको छ । यसअघि गत चैत २९ गते गङ्गापरस्पुर गाविस–८ को वाकी गाउँ र वडा नं ६ को खज्रौटामा आगलागी हुँदा एक सय घरगोठ जलेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts