नवलपरासी, १९ वैशाख । मुस्लिम धर्मावलम्बीहरुको अन्तर्राष्ट्रिय सम्मेलन नवलपरासीमा शनिबार सम्पन्न भयो । इस्लामिक शिक्षा र धर्मको प्रवद्र्धन गर्ने उद्देश्यले मदरसा गौसिया एहसानुल ओलुम नवलपरासीको आयोजनामा सम्मेलन सञ्चालन गरिएको थियो ।
सम्मेलनको शुक्रबार सांसद विक्रम खनालले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता खनालले देश विकासका लागि बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक देश नेपालमा धार्मिक सहिष्णुता कायम गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।
सम्मेलनका लागि सांसद खनालले रु एक लाखको आर्थिक सहयोग गर्नुभयो भने आगामी दिनमा चमन्टोला मदरसाको निर्माण कार्यका लागि रु दुई लाख सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सम्मेलनमा धार्मिक प्रवचनका लागी साउदी, लेवनान, बङ्ग्लादेश, भारत र नेपालका धर्मावलम्बीहरुको सभागिता रहेको थियो ।
सम्मेलनमा पाँच हजारभन्दा बढी भक्तजन र दर्शकहरुको उपस्थिति रहेको थियो । ९तस्बिर उपलब्ध छ०
करिब पाँच लाख बराबरको छात्रवृत्ति प्रदान
नवलपरासीमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
विकु बचत तथा ऋण सहकारी संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई वर्षभरिका लागि आवश्यक शुल्क, पोशाक र स्टेसनरी प्रदान गरेको हो ।
विकु दीर्घकालीन छात्रवृत्ति कार्यक्रमअन्तर्गत गैँडाकोटदेखि कावासोती क्षेत्रसम्मका विभिन्न विद्यालयका ती विद्यार्थीलाई करिब रु पाँच लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको विकुका व्यवस्थापक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वर्षभरिका लागि विद्यार्थीलाई आवश्यक सम्पूर्ण सामग्री र शुल्क गरी विजय विकास स्रोत केन्द्र गैँडाकोटको सभाहलमा शनिबार वितरण गरिएको थियो । रासस
No comments:
Post a Comment