काठमाडौँ, २१ वैशाख । दोस्रो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ७ गतेदेखि हुने भएको छ ।
नेपाल सितोरियो कराते सङ्घ, ठमेल शाखा डोजोको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगतामा नेपालसहित तीन देशका खेलाडीले भाग लिनेछन् । जसमा आयोजक नेपालका ८००, भारतका ३०० र बङ्गलादेशका १० गरी जम्मा एक हजार ११० खेलाडीको सहभागिता रहने आयोजक डोजो प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।
तीनदिने प्रतियोगिताअन्र्तग पुरुष÷महिलाको कुमुतेमा २० देखि ६५ केजीसम्म तथा किक बक्सिङमा ५० देखि ६० केजीसम्मको तौलसमूहमा प्रतिस्पर्धा हुनेछ ।
विद्यालय पुनः निर्माणका लाग दौड सम्पन्न
भूकम्पपीडितको सहयोगार्थ दौडिएका धावक रामसुन्दर कार्की, राज प्रधान, नारायण आचार्य र डेविड जे। इन्ग्रामको दौड यात्रा आज सम्पन्न भएको छ ।
ललितपुरको तौलखेलदेखि दोलखासम्मको करिब १४८ किमी दूरीको दौड यात्रा उनीहरुले दुई दिनमा पूरा गरे । गोर्खा भूकम्पको पीडामा परेका दोलखा चरिकोटस्थित गौरीशङ्कर बालगृहमा आश्रित अनाथ तथा असहाय बालबालिकाका लागि दुईकोठे भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले सो दौड आयोजना गरिएको हो । रासस
No comments:
Post a Comment