तम्घास (गुल्मी), २१ वैशाख । गुल्मीको वडागाउँमा आगलागीबाट सिङ्गो गाउँ खरानी बनेको तीन दिनपछि गृहमन्त्री शक्ति बस्नेतसहितको टोलीले आज उक्त आगलागी क्षेत्रको निरीक्षण गरेको छ ।
शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुँदै अनियन्त्रित भएर गाउ“मा पसेको थियो । आगलागीले तल्लो दजाकोट र माझगाउ“मा ७१ भन्दा बढी घर पूर्णरुपले जलेका थिए । त्यतिकै सङ्ख्यामा गाईभैँसीको गोठ, बाख्राका खोर र एक हजारभन्दा बढी पशुपक्षीसमेत जलेर मरेका थिए । उक्त घटनामा एकको मृत्यु भएको थियो ।
घटनाको अवलोकन गर्दै बस्नेतले पीडित परिवारका लागि सरकारका तर्पmबाट तत्काल दुई बन्डल जस्तापाता स्थानीय प्रशासन र गाविसको संयोजनमा उपलब्ध गराउने बताउनुभयो । उहाँले पुनःनिर्माणको काममा सहयोग गर्न स्थानीयवासीलाई आग्रहसमेत गर्नुभएको छ ।
पुनः निर्माणको काम तत्काल अघि बढाउन वडागाउ“मै अस्थायी प्रहरी चौकी स्थापना गरेर सरकारले सबै सहयोग गर्ने बस्नेतले बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “थप राहतको प्याकेज घोषणा गर्न सरकारका तर्फबाट मैले फर्केपछि पहल गर्नेछु ।”
घटनाको सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवाली, सांसद सिर्जना तरामु लगायतले संयुक्त निरीक्षण गर्नुभएको थियो ।
सांसद चन्द्र भण्डारीले आगलागी पीडितका लागि तत्काल प्याकेजमै राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।
पूर्वमन्त्री एवम् एमाले सचिव प्रदीप ज्ञवालीले हावाहुरीका कारण गाउ“ नै खण्डहर हुने गरी भएको दुःखदायी घटनामा सरकार सहयोगी बन्नुपर्ने बताउनुभयो ।
आगलागीले घरबारविहीन बनेका पीडित परिवारको सहयोगका लागि एमालेले आजदेखि गाउ“मा झन्डै २०० स्वयम्सेवक परिचालन गरेको छ । एमाले जिल्ला सदस्य हीरा एसीले अनेरास्ववियु, युवा सङ्घ, पार्टीका २०० कार्यकर्ता आप्mनै खर्चमा गाउ“मा बसेर पुनः निर्माणमा लाग्ने जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment