Thursday, May 26, 2016

कक्षा ११ र १२ को परीक्षा सम्पन्न

भक्तपुर, १३ जेठ । गत जेठ २ गतेदेखि देशभर एकैसाथ सुरु भएको कक्षा ११ को परीक्षा सम्पन्न भएको छ ।

उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख ३१ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेलगत्तै जेठ २ गतेदेखि कक्षा ११ को परीक्षा सुरु गरेको थियो । बुधबारदेखि सम्पन्न परीक्षामा देशभरबाट तीन लाख ६९ हजार ४२६ परीक्षार्थीले परीक्षा दिएका थिए ।

देशभरको ९२१ परीक्षा केन्द्रमा परीक्षा अवधिभर ९२१ केन्द्राध्यक्ष, दुई हजार ५१२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० निरीक्षक, एक हजार ६४१ कर्मचारी, दुई हजार ४७६ कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना जनशक्ति परिचालन गरिएको परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।

देशभर छिट्फुट घटनाबाहेक परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको जानकारी दिँदै उहाँले समयसीमा भित्रै परीक्षाफल सार्वजनिक गर्नेगरी तयारी गर्ने बताउनुभयो । परीक्षा नियन्त्रक अर्यालले यस वर्ष कक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ र कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ जना गरी कुल सात लाख १५ हजार ८५३ जना परीक्षार्थीले परीक्षा दिएको जानकारी दिनुभयो ।

तीमध्ये सबैभन्दा कम मनाङ जिल्लामा २०० र सबैभन्दा बढी काठमाडाँै जिल्लाबाट एक लाख १४ हजार ३२२ जना परीक्षार्थीले परीक्षा दिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts