Thursday, May 26, 2016

वैकल्पिक तथा पूरक चिकित्सा विभागमा ल्याइने

काठमाडौँ, १३ जेठ । आयुर्वेद विभागले देशभरका वैकल्पिक तथा पूरक चिकित्सा क्षेत्रलाई एकीकृत गर्ने भएको छ ।

विभागले आफ्नो मातहतमा नियन्त्रण गर्ने गरी युनानी, होमियोप्याथी तथा प्राकृतिक क्षेत्रका चिकित्सा पद्धतिलाई एकीकृत गर्न गृहकार्य सुरु गरेको छ ।

विभागका महानिर्देशक टेकराज पन्थीले आयुर्वेदको क्षेत्रमा अनधिकृत रुपमा दर्ता नगरीकन औषधि पसल खोल्ने क्रम बढ्दै गएको अवस्थामा त्यसलाई नियन्त्रण गर्नका लागि ती क्षेत्रलाई विभागको प्रत्यक्ष नियन्त्रणमा राख्न लागिएको बताउनुभयो ।

उहाँले विभागले निर्दिष्ट गरेको मापदण्ड विपरीत अव्यवस्थित तरिकाले क्लिनिक सञ्चालन गर्ने संस्थालाई समेत अनुगमन गरी निगरानी तथा आवश्यक कानुनी कारबाही गरिने जानकारी दिनुभयो । सबैभन्दा पुरानो चिकित्सा पद्धति आयुर्वेदलाई मानिन्छ ।

विभिन्न सङ्घसंस्था तथा व्यक्तिले आफू खुसी आयुर्वेदको कारोबारलाई प्रचार तथा प्रयोग गरेका कारण यसको महत्व घट्दै गएको पाइन्छ । मुलुकको नयाँ संरचनाअनुसार देशका सात प्रदेशमा फरक फरक प्रादेशिक आयुर्वेद विभाग स्थापना गरी त्यहाँ प्रादेशिक चिकित्सालय बनाउने योजना रहेको महानिर्देशक पन्थीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts