काठमाडौँ, २२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले निकट भविष्यमा हुन लागेको आफनो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे आज राष्ट्रिय दैनिक पत्रिकाका पत्रकारसँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले दैनिक पत्रिकाका विदेश बिट हेर्ने पत्रकारलाई शीतल निवासमा बोलाएर भ्रमणको एजेन्डाबारे जानकारी दिनु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार पत्रकारको जिज्ञासामा राष्ट्रपति भण्डारीले आफ्नो भारत भ्रमण मैत्रीपूर्ण र सद्भावना अभिवृद्धि गर्नमा केन्द्रित हुने बताउनुभएको थियो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेटगरी मुलुकको समसामयिक परिस्थितिबारे अवगत गराउनु भएको छ ।
प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले राससलाई जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment