काठमाडौंँ, १६ जेठ । यही जेठ १९ गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) लाई प्रस्तावित निजामती ट्रेड युनियन नेपालले सघाउने भएको छ ।
नेपाली काँग्रेस निकट सङ्घ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी निकट निजामती ट्रेड युनियन नेपालबीच सो सहमति भएको सङ्घका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले जानकारी दिनुभयो ।
कर्मचारी विभिन्न समूह उपसमूहमा विभाजित भई कर्मचारीमाझ प्रस्तुत हुँदा पेसागत मुद्दा कमजोर हुनसक्ने भएकाले आशन्न निर्वाचनमा सङ्घ र ट्रेड युनियनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने सहमति भएको दुवै सङ्गठनका अध्यक्षद्वय सुवोधकुमार देवकोटा र शोभाकान्त नेपालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
सङ्घलाई पहिलो स्थानमा विजय गराउने गरी मतदान गर्न ट्रेड युनियन नेपालले आफ्ना समर्थक र शुभेच्छुकलाई अपिल पनि गरेको छ । रासस
No comments:
Post a Comment