Sunday, May 29, 2016

क्याम्पसकोे रकम दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, १६ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बडीमालिका क्याम्पस कलदेवमाडौँका क्याम्पस प्रमुख नवराज जैसी र लेखापाल लालबहादुर रावलले रु ३७ लाख ७१ हजार ९४१ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार क्याम्पस प्रमुख जैसी र लेखापाल रावलले विभिन्न आर्थिक वर्षमा क्याम्पसमा प्राप्त भएको रकमको झुठा बिल भर्पाइ बनाई बद्नियतपूर्वक भ्रष्टाचार गरेको पाइएको छ । आयोगले भ्रष्टाचार गरेको रकम बडीमालिका क्याम्पसलाई नै दिलाउन उनीहरुबाटै असुलउपर गर्न र बिगोबमोजिम जरिवाना गर्नसमेत माग गरेको छ ।

यस्तै प्रचलित कानुन र विधिबमोजिम लेखा परीक्षकद्वय तिलकबहादुर थापा र चेतबहादुर बमले पनि क्याम्पसले तयार पारेको झुठा र बद्नियतपूर्ण बिल तथा भर्पाइलाई पुष्टि गरी गलत कामलाई प्रश्रय दिएको आयोगको ठहर छ । आयोगले आरोपी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts