काठमाडौँ, ३० वैशाख । महानगरीय प्रहरी अपराध महाशाखाले हत्यामा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको टोलीले गोरखा छेपेटार घर भएका ४७ वर्षीय श्यामबहादुर मगरको हत्यामा संलग्न भएको आरोपमा बुधबार बालाजुबाट रसुवा स्यार्पुका कृष्णबहादुर विकलाई पक्राउ गरेको हो । गत वैशाख १० गते तारकेश्वर नगरपालिका पृथ्वीटोल कमेरे खोलाको किनारमा धारिलो हतियार प्रयोग गरी मरेको अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
महाशाखाका प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले विक र मगर एउटै कम्पनीमा काम गरेको र ठेकेदारसँग ज्याला ज्याला मागेर कम्पनीबाट निस्कँदै गर्दा धारिलो हतियार प्रयोग गरी मारेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो ।
उहाँले भन्नुभयो– “ज्यालाकै विषयमा विवाद भएर छाडेर हिँड्दा तीन जना पछि लागेर खोलामा लडाई हतियार प्रयोग गरी मारेको पायौँ अरु अभियुक्तलाई खोज्दै छौँ ।” विकलाई थप कारबाहीका लागि आज महानगरीय प्रहरी वृत्त बालाजु पठाएको महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment