काठमाडौँ, ३० वैशाख । नेपालका कृषा शेर्पा र अमिशा राई नवौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको महिला खुला तौल समूहमा आज सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त प्रतियागितामा उनीहरुसँगै भारतका भगिशा क्षेत्रीय र पूजा थन्ना पनि सेमिफाइनलमा पुग्न सफल भए । नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा नेपालका सुशान्त मोडक र डिकेश मानन्धर तथा भारतका अखिल र प्रशान्त सुरेश अन्तिम चारमा पुगे ।
प्रतियोगिताको पुरुष खुला तौल समूहमा नेपालका दिवस श्रेष्ठ र विनोद रोका तथा भारतका सुमित र मोहम्मद लतिफले सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६० केजीमा नेपालका नीरज श्रेष्ठ र राज रेग्मी तथा भारतका आदित्य पर्से र शाहदवले आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे । रासस
No comments:
Post a Comment