Sunday, May 8, 2016

झापामा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने

काठमाडौँ, २६ वैशाख । झापाको लखनपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बन्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज व्यवस्थापिका–संसद्मा आगामी आव २०७३÷७४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त रङ्शालाको निर्माण कार्य यसै आर्थिक वर्षभित्र सुरु गरिने बताउनुभयो ।

स्वस्थ तथा अनुशासित नागरिक समाजको सिर्जना गर्न खेलकूद विकासमा जोड दिइने बताउँदै उहाँले ‘खेलकूदको माध्यमबाट राष्ट्रिय एकता सुदृढ गर्न सरकार लागि परेको छ’, भन्नुभयो । त्ससका लागि प्रत्येक प्रदेशमा एक÷एक रङ्शाला वा बहुउद्देश्यीय कभर्डहल निर्माण गर्ने नीति सरकारले लिएको छ ।

त्यस्तै, आसन्न तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण तथा रङ्शाला स्तरोन्नतिको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts