Sunday, May 8, 2016

म्यादी सरकारको कार्यक्रम कार्यान्वयन हुने कुरै भएन– सभापति देउवा

काठमाडौँ, २६ वैशाख । व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आवका लागि घोषणा गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने प्रतिक्रिया दिएको छ ।

संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले भन्नुभयो, “म्यादी सरकारले ल्याएको कार्यक्रम कार्यन्वयन हुने कुरै भएन ।”

सरकारका मन्त्रीबाटै एउटा सरकारले बजेट ल्याउने अनि अर्काे सरकारले कार्यान्वयन गर्ने सहमति भएको भन्ने भनाइ सार्वजनिक भइरहेको बेला आएको यो नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको उहाँको टिप्पणी थियो ।

“एक त यो सरकार नै म्यादी छ, म्यादी सरकारले ल्याएको नीति तथा कार्यान्वयन हुने कुरै भएन, बजेट कार्यान्वयनमा क्षमता घटिरहेको बेलामा कार्यान्वयन हुनै नसक्ने गरी कार्यक्रम आएको छ”–सभापति देउवाले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts