Sunday, May 8, 2016

नदीमा डुबेर बालकको मृत्यु

राजविराज, २६ वैशाख । सप्तरीको हनुमाननगर योगिनी माई नगरपालिका–८ स्थित कोसी नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय हरेराम पण्डितका सात वर्षीय छोरा अशोक रहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ । बालक नदीमा नुहाउने क्रममा डुबेको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याइएको र यसमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts