इलाम, २६ वैशाख । वर्षासँगै आज दिउँसो परेको चट्याङ लागेर साँखेजुङकी एक महिलाको मृत्यु भएको छ ।
अपराह्न परेको चट्याङ लागेर साँखेजुङ–५ की ५१ वर्षीया लीलादेवी राईको मृत्यु भएको हो ।
घरमै बसिरहेका अवस्थामा चट्याङले लागेर घाइते भएकी राईलाई उपचारका लागि इलाम अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुद्र चुँडालले जानकारी दिनुभयो ।
यस्तै चट्याङ लागेर इलाम नपा–७ महभिरका ३१ वर्षीय मिलन विश्वकर्मा घाइते
भएका छन् । उहाँको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । रासस
No comments:
Post a Comment