Saturday, May 28, 2016

नेवि सङ्घको एघारौँ महाधिवेशन असार अन्तिम साता

काठमाडौँ, १५ जेठ । लामो समयदेखि रोकिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन असार अन्तिम साता गर्ने प्रस्ताव गरिएको छ ।

जेठ २५ गते नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने सङ्घको केन्द्रीय समिति बैठकमा असार अन्तिम साता काठमाडौँ, पोखरा, नेपालगञ्ज वा चितवनमध्ये एक स्थानमा महाधिवेशन गर्ने प्रस्ताव अध्यक्ष रञ्जित कर्णले राख्ने तयारी गर्नुभएको नेवि सङ्घले जनाएको छ ।

सङ्घका प्रवक्ता युपी लामिछानेले राससलाई बताएअनुसार संविधानसभाबाट असोज ३ गते जारी भएको नेपालको संविधान २०७२ बमोजिम सङ्घीय संरचनाका आधारमा विधान संशोधन गरी महाधिवेशन गरिने प्रस्ताव बैठकमा राखिनेछ ।

विसं २०६४ असोज ८ गते नेपाली काँग्रेस एकीकरण भएपछि पार्टीको दुईपटक महाधिवेशन भए पनि प्रमुख भ्रातृसंस्था सङ्घको एकपटक पनि महाधिवेशन हुन सकेको छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts