Saturday, May 28, 2016

गणतन्त्र संस्थागत गर्दै आर्थिक समृद्धितर्फ जुटौँ : संयोजक भट्टराई

गोरखा, १५ जेठ । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले गणतन्त्र संस्थागत गर्दै देशलाई आर्थिक समृद्धितर्फ उन्मुख गराउनुपर्ने बताउनुभएको छ ।

गोरखाको पालुङटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले गणतन्त्रको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने दाबी गर्नुभयो ।

पालुङटार, धुवाँकोटको रातमाटे, च्याङ्ली, मिरकोटको बिर्दी गाउँका स्थानीयसँग अन्तक्र्रिया गर्दै भट्टराईले जनताको समस्या समाधानमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भूकम्पपछि खानेपानीको सङ्कट भएदेखि कच्ची सडक हुँदा समस्या खेप्नुपरेको स्थानीयको गुनासो छ ।

नयाँ शक्ति अभियानका गोरखास्थित संयोजक ऋषवदेव भट्टराईका अनुसार डा भट्टराईले जनतालाई नयाँ शक्तिको संस्थापक सदस्य बन्न आग्रह गर्नुभएको छ । डा भट्टराईसँगै नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य करिष्मा मानन्धर, हरेराम कोइराला, नारायण पाण्डे, बासु कोइरालालगायत नेताहरु गाउँ भ्रमणमा छन् ।

साथै संयोजक भट्टराईसहित जिल्लास्तरीय नेता महेन्द्र श्रेष्ठ, हरिशरण आचार्य, दुर्गा न्यौपानेलगायत सहभागी छन् । डा भट्टराई आज काठमाडौँ फर्कने कार्यक्रम छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts