Thursday, May 5, 2016

‘निवृत्तिभरण र तलब दोहोरो सुविधा होइनन्’

काठमाडौँ, २३ वैशाख । विद्यालय शिक्षक किताबखानाले ‘कानुनमा तलब र निवृत्तभरण (पति÷पत्नीको निधन) नपाउने स्पष्ट व्यवस्था नभएकाले पारिवारिक निवृत्तभरण र तलबलाई दोहोरो सुविधा भन्न मिल्ने नदेखिएको’ जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शिक्षा मन्त्रालयका लागि यही वैशाख ९ गते लेखेको पत्रमा शिक्षा नियमावली, २०५९ को नियम ११५ (२) प्रतिबन्धात्मक वाक्यांशको अर्थ लगाउँदा शिक्षकले निवृत्तभरण पाउँदा पति वा पत्नीको पारिवारिक निवृत्तभरण लिने सम्बन्धमा कतिपय अस्पष्टता पाइएकाले किताबखानाको अनुरोध र शिक्षा मन्त्रालयको पत्र समेतका आधारमा सो कुरा स्पष्ट गरिएको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts