Thursday, May 5, 2016

ट्याङ्करको ठक्करबाट शिक्षिकाको मृत्यु

काठमाडौँ, २३ वैशाख । खानेपानीको ट्याङ्करले ठक्कर दिँदा गोकर्णेश्वर नगरपालिका–१४ दक्षिणढोकामा एक शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ ।

गोठाटारस्थित बाल राष्ट्रिय निमाविमा अध्यापन गराएर श्रीमान् गोपाल खनालले चलाएको बा३८प ६०८७ नंको स्कुटीको पछाडि बसेर घर जाँदै गर्दा ना४ख १००६ नंको ट्याङ्करले ठक्कर दिँदा ३७ वर्षीया विमला खनालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

ट्याङ्कर र चालक श्यामबहादुर तामाङलाई वृत्त बौद्धमा राखिएको प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले राससलाई जानकारी दिनुभयो । दक्षिणढोकामा खानेपानीका धेरै कारखाना भएकाले पानी लिन आउने ट्याङ्करले ठक्करबाट दुर्घटना हुने गरेको छ । ट्याङ्कर चालकको लापर्बाहीकाविरुद्ध स्थानीयवासीले विरोध जनाउँदै केही समय यातायात अवरुद्ध गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts