Friday, May 13, 2016

सस्तो लोकप्रियताका लागि नीति तथा कार्यक्रम– कोइराला

इलाम, ३१ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारले सस्तो लोकप्रियताका लागिमात्र नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

इलाम सदरमुकाममा आज नेपाली काँग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेटघाटमा नेता कोइरालाले बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको धारणा व्यक्त गर्नुभयो ।

सरकारले कालोबजारीलाई नियन्त्रण गर्नुको साटो आश्रय दिएको आरोप लगाउँदै जनताले अभावैअभाव भोग्दासमेत सरकार चुप लागेर बसेको बताउनुभयो ।

सरकारले घोषणा गरेको स्थानीय निकायको चुनावबाट काँग्रेस नपन्छिने भन्दै त्यसका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउँदै चुनाव भनेको प्रजातान्त्रिक पद्धति हो, यसमा भाग लिन सबैलाई आग्रहसमेत गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts