Tuesday, May 17, 2016

अपाङ्गमैत्री बजेट ल्याउने प्रतिबद्धता

काठमाडौँ, ४ जेठ । राष्ट्रिय अपाङ्ग महासङ्घले आव २०७३÷७४ को बजेटमा अपाङ्गता भएकालाई प्राथमिकता दिनुपर्ने माग गर्दै अर्थमन्त्री विष्णु पौडेल र राज्यमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी आगामी बजेट ल्याउन लागेको बताउँदै उक्त बजेटमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारले प्राथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

ज्ञापनपत्रमा अपाङ्गता भएकाहरुका लागि सामाजिक सुरक्षा भत्ता व्यवस्थाको फैसला कार्यान्वयन हुनुपर्ने, अपाङ्गता भएकाको शिक्षा, स्वरोजगार, रोजगारजस्ता विषयलाई बजेटमा सम्बोधन गरिनुपर्ने, अपाङ्गताभित्र पनि बौद्धिक अपाङ्गता, अटिजम्जस्ता समस्या भएकालाई विशेष प्राथमिकता दिनुपर्नेलगायतका माग रहेका छन् ।

महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा अपाङ्गताको सवाललाई केही मात्रामा सम्बोधन गरेकाले बजेटमा पनि आफ्ना सम्पूर्ण नभएपनि केही माग पर्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts