लमजुङ ४ जेठ । अत्यधिक हावाहुरीका कारण रुख ढल्दा मध्यनेपाल नगरपालिका–८, पराजुलीबेँसी की ६२ वर्षीय बिन्दुमाया थापा मगरको मृत्यु भएको छ ।
जङ्गलबाट चौपाया चराएर घर फर्कने क्रममा तीव्र गतिमा आएको हावाहुरीले ढलाएको रुखले किचेर उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक राधेश्याम सिहं सैथवारले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment