Friday, May 27, 2016

पत्रकारिता तालिम सम्पन्न

ललितपुर, १४ जेठ । नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा सुरु गरिएको ‘विकास पत्रकारिता तालिम’ आज सम्पन्न भएको छ ।

तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै नेपाल पत्रकार महासङ्घ ललितपुरका संस्थापक अध्यक्ष धर्मरत्न शाक्यले पत्रकारको क्रियाशीलताले मुलुकमा धेरै परिवर्तन आएको बताउनुभयो ।

उहाँले विकास पत्रकारिता तालिम लिएका प्रशिक्षार्थीले समाजमा रहेका आम नागरिकका जीवनस्तरलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

वरिष्ठ पत्रकार प्रभूनारायण बस्नेतले पत्रकारिताका माध्यमले राजनीति क्षेत्रमा धेरै उतारचढाव ल्याउन सफल भूमिका निभाएको बताउनुभयो ।
महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले विकास पत्रकारिता तालिमले पत्रकारको क्षमता अभिवृद्धि हुने बताउनुभयो ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा अनलाइन, छापा, टेलिभिजन, एफएम÷रेडियोलगायतमा आबद्ध ६० जना सञ्चारकर्मीको उपस्थिति रहेको थियो । प्रशिक्षक डा महेन्द्र विष्ट, शिव गाउँले, शिरोमणि ढुङ्गाना, प्रवेश सुवेदी, श्रीराम पौडेल, गोविन्द आचार्य, प्रभूनारायण बस्नेत र अनिल थापाले प्रशिक्षार्थीलाई प्रशिक्षण दिनु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts