Thursday, May 26, 2016

यातायात विभाग र व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, १३ जेठ । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीचको वार्ता पुनःशुक्रबार बस्ने गरी टुङ्गिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, ट्रक व्यवसायी महासङ्घ र यातायात क्षेत्रको ट्रेड युनियन सम्मिलित संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा ट्राफिक नियम उल्लङ्घन गरेकामा लाग्ने शुल्क बढाएको भन्दै यातायात व्यवसायीले काठमाडौँ उपत्यकामा आज बिहानैदेखि चक्काजाम गरेपछि बेलुका बसेको द्विपक्षीय बैठक बिनानिष्कर्ष टुङ्गियो ।

“यातायात व्यवसायीले राखेका नौबुँदे मागमध्ये केही मागका बारेमा आज छलफल गरियो, अब यसको टुङ्गो भोलि(शुक्रबार) बिहान १० बजे बस्ने बैठकले लगाउनेछ”– यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले भन्नुभयो ।

यातायात व्यवसायीले ट्राफिक प्रहरीले जरिवाना शुल्क रु २५ देखि २०० सम्मलाई जेठ १ गतेदेखि लागू हुने गरी रु ५०० देखि रु एक हजार ५०० सम्म पु¥याएको भन्दै चोक चोकमा सवारी साधन थन्क्याएर आज चक्काजाम गरेका हुन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts