Monday, May 16, 2016

संविधान कार्यान्वयनका लागि राजनीतिक शक्ति एकजुट हुनुपर्छ:पोखरेल

चितवन, ३ जेठ । नेकपा (एमाले) का स्थायी समिति सदस्य शङ्कर पोखरेलले संविधान कार्यान्वयनका लागि राजनीतिक शक्तिहरू एक हुनुपर्ने बताउनुभएको छ ।

एमाले चितवनले आज यहाँ आयोजना गरेको ‘जननेता मदनकुमार भण्डारी तथा सङ्गठक जीवराज आश्रितको २३ औँ श्रद्धाञ्जलिसभा एवम् संविधान कार्यान्वयन र जनताको बहुदलीय जनवाद’ विषयको विचार गोष्ठीमा उहाँले जबजको मान्यता स्थापित भए मात्रै संविधान कार्यान्वयन हुन सक्ने बताउनुभयो ।

पछिल्लो समयमा राजनीतिक शक्तिहरू एक अर्काबीचको असन्तुष्टि बढेका कारण संविधान कार्यान्वयन हुन नसक्ने खतरा बढेको भन्दै वर्तमान सरकारले संविधान कार्यान्वयनमा कुनै कसुर बाँकी नराख्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts