काठमाडौँ, ३ जेठ । सङ्घीय गठबन्धन नेपालले गरेको सिंहदरबार घेराउका क्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारीतर्फ दुई जना सामान्य घाइते भएका छन् ।
प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने नुवाकोट तारुका–८ का अनिल ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गठबन्धनले ल्याएका ३५ थान लाठी थापाथली चोकबाट प्रहरीले बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनका क्रममा घुसपैठ भएको भनी अर्घाखाँची पाली–८ का २३ वर्षीय रामप्रसाद पौडेललाई प्रदर्शनकारीले हातपात गर्दा आँखामा सामान्य चोट लागेकाले उपचारका लागि आँखा अस्पताल त्रिपुरेश्वर लगिएको छ । सोही ठाउँ बस्ने त्रिचन्द्र कलेजमा बिएस्सी प्रथम वर्षमा अध्ययनरत प्रकाश अधिकारीलाई प्रदर्शनकारीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको छ ।
रुखबाट लडेर मृत्यु
काठमाडौँ शङ्खरापुर नगरपालिका–१५ इन्द्रेणीका कुमार दनुवारको टहरा बनाउने क्रममा आज एक तला माथिबाट खसेर मृत्यु भएको छ । लडेर गम्भी घाइते भएका उनको उपचारका लागि वीर अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कीर्तिपुर नगरपालिका–१ ट्याङलाफाँट चाँदनी चोक नजिक आरजे बालुवा डिपोमा बालुवा भरी पछाडि हटाउने क्रममा बा १ ख ९८८६ नको मिनी ट्रकले ठक्कर दिँदा घाइते भएका मकवानपुर आग्रा–८ का योगेश लामाको सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
यसैगरी ललितपुर लुभु शङ्खादेवीस्थित सडकमा बा १ क ५४८९ नंको बालकुञ्ज उमाविका विद्यार्थी बोकेको बस आज अनियन्त्रित भई पल्ँिटदा २० विद्यार्थी घाइते भएका छन् । उनीहरुको बि एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment