बैतडी, २१ वैशाख । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पञ्चेश्वर गाविस–३ फेरीका १८ वर्षीय प्रवेश घताल पक्राउमा परेका छन् ।
बालिका यही वैशाख १९ घर नजिकैको जङ्गलमा काफल खान गएका बेला घतालले बलात्कार गरेका थिए ।
घतालविरुद्ध जर्बजस्ती करणी मुद्दामा दर्ता गरिएको छ । उनलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताउनुभयो । रासस
No comments:
Post a Comment