Friday, May 6, 2016

फुटबलमा पत्रकारको जित

धादिङ, २४ वैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा कर्मचारी र पत्रकारबीच आज भएको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारले जित हासिल गरेका छन् ।
धादिङबेँसीस्थित टुँडीखेल मैदानमा कर्मचारी मिलन केन्द्र ११ र नेपाल पत्रकार महासङ्घ ११ टोलीबीच आज भएको खेलमा कर्मचारी टोलीको २ गोलका विरुद्ध नेपाल पत्रकार महासङ्घको टोली ३ गोल गरी विजयी भएको हो ।
कर्मचारीको टोलीको नेतृत्व प्रजिअ विश्वप्रकाश सुवेदी र पत्रकार टोलीको नेतृत्व महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीले गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts