Friday, May 6, 2016

‘राष्ट्रिय सहमति निर्माणमा सरकार प्रतिबद्ध’

पोखरा, २४ वैशाख । कानुन, तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले राष्ट्रिय सहमति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले राष्ट्रिय सहमति खुल्ला र पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।

नेकपा(एमाले)का नेता खरेलले सरकार बनाउने र गिराउने खेल अहिलेलाई समाप्त भएको बताउँदै एमालेले नेपाली काँग्रेसको नेतृत्व स्वीकारिसकेकाले एकीकृत नेकपा (माओवादी)को नेतृत्व पनि स्वीकार्य कुनै अप्ठ्यारो पर्दैन भन्नुभयो ।

उहाँले अहिले १३८ विषयमा कानुन बनाउन लागिएको जानकारी दिँदै सरकार संविधान कार्यान्वयनका दिशामा अघि बढिसकेको स्पष्ट गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts