Saturday, May 28, 2016

सिन्धुपाल्चोकमा ४.६ रिक्टरको परकम्प

काठमाडौँ, १५ जेठ । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पुनः अर्को परकम्प गएको छ ।

आज अपराह्न ३ बजेर २४ मिनेट जाँदा इचोक आसपास ४.६ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु भए पनि काठमाडौँ उपत्यकामा परकम्पको ठूलो धक्का महसुस भयो । सर्वसाधारण त्रसित बनेका थिए ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अघिल्लो वर्षको गोरखा भूकम्प (७.६ रिक्टर स्केल) पछि हालसम्म चार रिक्टर स्केल र त्यसमाथिका ४५९ परकम्प गएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts