Thursday, May 26, 2016

दलितलाई एक घर एक रोजगारको नीति आवश्यक

काठमाडौँ, १३ जेठ । संयुक्त दलित अधिकार मञ्च नेपालले दलितलाई एक घर एक रोजगारको नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा
जोड दिएको छ ।
मञ्चको यही जेठ १० र ११ गते यहाँ सम्पन्न पहिलो महाधिवेशनको
निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष तारा
विकले दलित समुदायलाई गैरभौगोलिक
विशेष प्रदेशको व्यवस्थाका लागि संविधान संशोधन मार्फत राजनीतिक निर्णय
गर्नका लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा लक्ष्मण बर्देवा, प्रेमकुमार सुनार, दुर्गा बराइली, विमल विश्वकर्मा
लगायतले दलित आन्दोलनको आवश्यकता र दलित अधिकारको अवस्थाका विषयमा
विचार व्यक्त गर्नुभयो ।
मञ्चले नेपालले संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय मञ्चमा दलित अधिकारसम्बन्धी
गरेको लिखित प्रतिबद्धता व्यवहारमा कार्यान्वयनमा ल्याउ माग गरेको छ । अधिवेशनले तारा विकको अध्यक्षतामा ९९ सदस्यीय केन्द्रीय
कार्यसमिति चयन गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts