Monday, May 30, 2016

पठन संस्कृतिको बहस

काठमाडौँ, १७ जेठ । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही जेठ १४ गतेदेखि आयोजित पुस्तक प्रदर्शनीमा आज छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

‘ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट प्रालि’ले आयोजना गरेको पुस्तक प्रदर्शनीमा आज ‘नुवागी मासिक पत्रिका’ले आयोजना गरेको छलफलमा नायिका गौरी मल्ल र बैंकर अनिल शाह लगायतले पठन संस्कृतिका विषयमा प्रकाश पार्नुभएको थियो ।

छलफलका सहभागीले पुस्तक प्रदर्शनीले पढ्ने बानीको विकास गर्ने भएकाले बेला बेलामा प्रदर्शनी आयोजना भइरहनुपर्नेमा जोड दिनुभयो । यही जेठ २२ गतेसम्म चल्ने प्रदर्शनीमा ६० भन्दा बढी स्वदेशी एवम् विदेशी प्रकाशन गृहले कक्ष राखेका छन् । प्रदर्शनीमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts