काठमाडौँ, २३० वैशाख । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका विभिन्न देशका राजदूत, दातृ निकायका प्रतिनिधि तथा अर्थ र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग आज छलफल ग¥यो ।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनका क्रममा दातृ निकायहरुबट आयोगलाई प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा गर्नुपर्ने निर्वाचनमा पनि सहयोग प्राप्त हुने अपेक्षा गर्नुभयो ।
निर्वाचन आयुक्त ईला शर्माले आयोगले गरेका कार्य र आगामी दिनमा आयोगले सम्पन्न गर्नुपर्ने विविध क्रियाकलापका बारेमा प्रकाश पार्नुभयो ।
छलफलमा निकट भविष्यमा सम्पादन गर्नुपर्ने निर्वाचन र त्यसको तयारीबारे प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा आयोगका सचिव शारदाप्रसाद त्रिताल र नेपालका लागि अमेरिका, फिनल्यान्ड बङ्गलादेश, दक्षिण कोरिया, डेनमार्क, भारत, चीन, नर्वे, जापान, स्वीट्जरल्यान्ड, अस्ट्रेलियाका राजदूतको उपस्थिति थियो । रासस
Monday, May 2, 2016
निर्वाचनसम्बन्धी छलफल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment