Sunday, May 1, 2016

लेखक सङ्घको छैठौँ महाधिवेशन सम्पन्न

काठमाडौँ, १९ वैशाख । नेपाली लेखक सङ्घको छैठौँ राष्ट्रिय महाधिवेशन पाँचबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

दुईदिने महाधिवेशनले सङ्घको साङ्गठनिक स्वरुप परिमार्जन गरी समावेशी सिद्धान्तको आधारमा परिमार्जित विधान, २०७३ बमोजिम निर्वाचन सम्पन्न गएको घोषणा गरेको छ ।

सङ्घीय लोकतान्त्रिक संविधान, २०७२ घोषणा भएकोमा सङ्घले धन्यवाद दिँदै नेपाली साहित्य तथा राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा जन्मशताब्दी मनाउन सहयोग गर्ने सरकार, नेपाली काँग्रेस, बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानलगायत अन्य सहयोगी शुभेच्छुक संस्थाप्रति धन्यवाद प्रकट गरेको छ ।

त्यस्तै, नेपाली साहित्यको सम्वद्र्धनमा योगदान गर्नुहुने महाकवि लक्ष्मीप्रसाद देवकोटा, राजनीतिज्ञ तथा साहित्यकार बिपी कोइराला, वरिष्ठ साहित्यकार भीमनिधि तिवारी, गोविन्द गोठाले, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, बैरागी काइँला, डा तुलसीप्रसाद भट्टराईलगायतलाई महाधिवेशनले हार्दिक धन्यवाद दिएको छ ।

घोषणापत्र तयारी समितिका संयोजक वरिष्ठ गीतकार दिनेश अधिकारी, सदस्यद्वय प्रा डा कुमारप्रसाद भट्टराई र डा लक्ष्मणप्रसाद गौतम रहनुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts