Tuesday, May 3, 2016

प्रम र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच आज समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ ।

सत्तारुढ दुई प्रमुख दलका अध्यक्ष समेत रहनुभएका उहाँहरुबीच राष्ट्रिय सहमति निर्माण लगायत विषयमा छलफल भएको बुझिएको छ यद्दपि भेटवार्ताबारे आँैपचारिक जानकारी दिइएको छैन । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले उहाँहरुबीच भेटवार्ता भएको तर छलफलका विषयवस्तुबारे जानकारी नभएको बताउनुभयो ।

मङ्गलबार साँझ वर्तमान सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र सत्ता साझेदार एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताको बैठक बसेको थियो । आज बिहान दुवै दलका आफ्ना आफ्ना स्थायी कमिटीको बैठकपछि ओली र दाहालबीच भेट भएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts