Thursday, May 19, 2016

दुर्घटनामा आमाछोरीको मृत्यु

नेपालगन्ज, ६ जेठ । नेपालगन्ज–गुलरिया सडकखण्डमा आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ ।

अस्पतालमा उपचार गराई मोटरसाइकलमा घर फर्कदै गरेका आमा, छोरी र छोरा सवार भे२प ९०२५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ना४ख ७१३४ नं। ट्रकले पछाडिबाट ठक्कर दिँदा गुलरिया नगरपालिका–८ की शोभादेवी पराजुली र उनकी छोरी माधुरीको मृत्यु भएको छ भने छोरा सोनज पराजुली घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घाइते सोनजको अवस्था पनि गम्भीर रहेको र थप उपचारका लागि भारतको लखनाउन लगिएको बाँकेका प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts