Thursday, May 5, 2016

मस्यौदा समितिको प्रतिवेदन पेस

काठमाडौँ, २३ वैशाख । व्यवस्थापिका–संसद्को नियमावली मस्यौदा समितिले आज संसद्मा अन्तिम प्रतिवेदन पेस गरेको छ ।

अघिल्लो अधिवेशनले गत माघ २० गते चौथो पटक अवधि थप गरी १५ दिनको समय दिएकामा त्यसबीचमा संसद् नचलेकाले आजसम्मका लागि समितिको अवधि थप प्रस्ताव अनुमोदन भएपछि प्रतिवेदन पेस गरिएको हो ।

संविधान जारीपछि रुपान्तरित संसद्को नियमावली तर्जुमाका लागि सो समितिले लामो समय लगाएर सहमतिसहितको प्रतिवेदन पेस गर्न सकेको थिएन । समितिका सभापति राधेश्याम अधिकारीले ‘नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७३’ पेस गरेपछि बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts