Thursday, May 5, 2016

सामाजिक बेथितिविरुद्धका कृति सार्वजनिक

काठमाडौँ, २३ वैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आज दुई कृति एकै साथ सार्वजनिक गर्नुभएको छ ।

विमोचित रचनामा चन्द्रकान्त आचार्यको उपन्यास ‘हरित भूमि’ र निर्मला आचार्यको जीवनीपरक कृति ‘सङ्घर्षका पाइलाहरु’ छन् । पहिलो उपन्यासमा नारी मनोदशाको चित्रण गर्दै एउटी विधवाले समाजले दिएको पीडालाई खुसीमा बदलेको उल्लेख गरिएको छ । दोस्रो कृतिमा लेखिकाले आफ्नी आमा दुर्गादेवी नेपालको जीवनीका बारेमा लेख्नुभएको छ जसमा १७ आलेख छन् ।
सो अवसरमा कुलपति उप्रेतीले ती पुस्तक नेपालको सामाजिक बेथितिविरुद्ध तथा सामाजिक परिवर्तन गर्ने खालको भएको बताउनुभयो । पहिलो कृतिमाथि दामोदर पुडासैनी र प्रा डा खेम कोइराला बन्धुले तथा दोस्रो कृतिमाथि प्रा डा गोपीकृष्ण शर्माले टिप्पणी गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts