Saturday, May 28, 2016

बजेटको सफलता यसको कार्यान्वयनमा निर्भर–उद्योगी

विराटनगर, १५ जेठ । अर्थमन्त्री विष्णुप्रसाद पौंडेलद्वारा आज संसदमा प्रस्तुत ०७३÷०७४ को बजेट स्वागतयोग्य रहेको र बजेटको सफलता यसको कार्यान्वयन पक्षमा निर्भर रहेको बताएका छन् ।

मोरङ व्यापार सङ्घका अध्यक्ष एवम् सांसद् पवन शारडाले समग्रमा बजेट स्वागतयोग्य रहेको बताउनुभयो ।

उहाँले बजेटको कार्यान्वयन पक्ष सवल हुनुपर्ने, विकास निर्माणको काम समयमा गर्नुपर्ने सुझाव दिँदै कृषिलाई प्राथमिकतामा राख्नु, जग्गाको वर्गीकरणलगायतका घोषणा स्वागतयोग्य रहेको छ ।

उद्योगपति मोती दुगडले यस बजेटले सबै वर्गको समेटेकाले बजेट स्वागतयोग्य रहेको बताउनुभएको छ ।

बजेटको कार्यान्वयन पक्षमाथि जोड दिँदै उहाँले विकास निर्माण, विद्युत उत्पादन, कृषि,उद्योगका साथै कर्मचारीको तलवसमेत बढाएकाले बजेटलाई राम्रो हो भन्नुभयो ।

मोरङ उद्योग सङ्गठनका अध्यक्ष शिवशङ्कर अग्रवालले बजेट सुन्नमा धेरै राम्रो लागेको प्रतिक्रिया दिँदै कार्यान्वयपक्ष माथि जोड दिनुभएको छ ।

कृषिलगायत सबै पक्षलाई समेटिने प्रयास गरेकाले बजेट स्वागतयोग्य रहेको चर्चा गर्दै उहाँले पूर्वाधार विकासका लागि इनधनमा कर लगाएपछि महँगी बढ्ने सम्भावना प्रकट गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts