काठमाडौँ, ९ जेठ । सिक्किमका मुख्यमन्त्रीका प्रतिनिधि विरु वाङ्देलले कविले सिर्जना गर्ने कविता देश र समाजलाई परिवर्तन गर्ने खालका हुनुपर्ने बताउनुभएको छ ।
युगकवि सिद्धिचरण श्रेष्ठको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाल–प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उहाँले कवि श्रेष्ठले देश, जनता तथा आदर्श नागरिकको परिकल्पना गर्दै परिवर्तनका लागि आजीवन सङ्घर्ष गर्नुभएको बताउनुभयो ।
सो अवसरमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले विशिष्ट साधक श्रेष्ठले त्यसबेला गर्नुभएको सिर्जना आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताउनुभयो ।
उहाँले अहिले नेताहरुले परिकल्पना गर्नुभएको नयाँ नेपाल २००७ सालमै कल्पना गर्दै कवि श्रेष्ठले ‘नयाँ नेपाल’ कविता लेख्नुभएको उल्लेख गर्नुभयो ।
सोही समारोहमा वाङ्देलले ‘सूर्य अघि उभिएको छायाँ’ नामक कविता वाचन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment